Ads

उच्चको आदेशपछि काठमाडौं महानगरले सुरु गर्‍यो न्युरोडमा फुटपाथ विस्तार


काठमाडाैं । काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम अघि काम अघि बढाएको छ ।

उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलेसँगै महानगरले काम अघि बढाएको हो ।

उच्च अदालत पाटको आदेशसँगै महानगरलाई न्युरोडमा फुटपाथ विस्तारको लागि बाटो खुलेको थियो । यसअघि सडक डिभिजन कार्यालयले फुटपाथ विस्तारको काम रोकेको थियो ।

तर, उच्च अदालतले फुटपाथ विस्तार रोक्ने सडक डिभिजनको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि महानगरलाई फुटपाथ विस्तार गर्ने बाटो खुलेको हो ।

Ads

सम्बन्धित पोष्टहरू