Ads

एकता भएको दुई वर्षमै फुट्यो मोहन वैद्य र धर्मेन्द्र बाँस्तोलाको पार्टी


काठमाडौँ । मोहन वैद्य किरण र धर्मेन्द्र बाँस्तोलाको पार्टी एकता भएको दुई वर्षमै फुटेको छ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा सहसंयोजक रहेका धर्मेन्द्र बाँस्तोलाले मंगलबार वक्तव्य जारी गर्दै पार्टी फुटेको घोषणा गरेका छन्।

माओवादी फुटेर मोहन वैद्य हुँदै विप्लव नेतृत्वको माओवादीमा पुगेका बाँस्तोलाले आफ्नै नेतृत्वमा नेकपा जनमत गठन गरेका थिए। २०७९ साउन २० गते उनी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबीच एकता भएको थियो।

बाँस्तोलाले वैद्य नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने ठोकुवा गरेका छन्। वैज्ञानिक समाजवादकै कार्यदिशा मानेर जाने निर्णय गरे पनि बहसको प्रक्रियालाई अनुसन्धानमूलक र रुपान्तरणकारी बनाउने प्रयासमा अवरोध गरिएको उनले आरोप लगाएका छन्।

पछिल्लो केन्द्रीय समिति बैठकपछि १९ असारमा वक्तव्य निकाल्ने क्रममा वैद्यले माओवाद र माओ विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्दै वैज्ञानिक समाजवादमा जाने राजनीतिक कार्यदिशा अवलम्बन गरेको दाबी गर्दै बहस लाई निषेध गरेको उनले वक्तव्यमा लेखेका छन्।

Ads

सम्बन्धित पोष्टहरू