काठमाडाैं । रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
बडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेका थिए ।
सरकारको कानुनी सल्लाहाकार हुने भएकाले प्रधानमन्त्री परिवर्तनसँगै महान्यायाधिवक्ता पनि परिवर्तन हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्