मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अरूको भर पर्दा धोका हुन सक्ने समय छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइएला । मान्यजनसँग असमझदारी बढ्न सक्छ । तथापि, पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नु हितकर होला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । तर, जिम्मेवारीले नयाँ ज्ञान प्राप्त गराउन सक्छ । अध्ययन तथा अध्यापनमा प्रगति हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): विशेष काम शुरु गर्दै हुनुहुन्छ भने परिवारजनको सहयोग लिँदा राम्रो हुने समय छ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउला । मानसम्मान पनि पाइनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पराक्रम र आरोग्यता बढ्ने समय छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ला । रोकिएका काम फेरि गर्ने प्रयत्न गर्दा सफलता हात लाग्नेछ । दाम्पत्य सम्बन्धमा भने केही असमझदारी बढ्न सक्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मान र विद्या प्राप्त हुने समय छ । राम्रै धनलाभ होला तर आर्जित धन तत्काल खर्च गर्नुपर्ने योग छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । जग्गा–जमिनसम्बन्धी व्यवसायमा विशेष लाभ हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): न्यून उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ, हिम्मतले काम लिनुहोला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सफलताका लागि केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ, तर स्वास्थ्य सामान्य कमजोर रहनाले अवरोध पुग्न सक्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): चिताएका काम बिस्तारै भए पनि सम्पादन हुने समय छ । आकर्षक बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ भने लगनशीलताले राम्रै उपलब्धि दिलाउला । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सेवामूलक कामबाट धनलाभ हुने समय छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । अध्ययन कार्यमा कुनै जटिलता छन् भने सुल्झिएर जाने योग छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने समय छ । आरिस र इर्ष्या गर्नेहरूले भने दुःख दिने चेष्टा गर्न सक्छन् ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिने समय छ । आयआर्जन राम्रै होला । तर, विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सचेत रहनुहोला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिने समय छ । दीगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्ला । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ भने सामाजिक कार्यले सम्मानित स्थान दिलाउने योग छ ।
प्रतिक्रिया दिनुहोस्