काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको गतिविधिलाई प्रभावकारी बनाउने बिषयमा प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।
सिंहदरबारमा बिहीबार सभामुखले संसदको १५ दिनको क्यालेण्डर, बिषयगत समितिका सभापति चयनका साथै प्रधानमन्त्रीको विश्वासको मतका बिषयमा छलफल गरेका हुन् ।
छलफलले आगामी १५ दिनको क्यालेण्डरलाई अन्तिम रुप दिएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । त्यस्तै सदन र समितिमा रहेका विधेयकहरुका बिषयमा पनि छलफल भएको उनले बताए ।
छलफलका क्रममा सदन र संसदीय समिति बैठकलाई प्रभावकारी बनाउनका लागि सभामुख घिमिरेले आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्