काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ ।राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार गरेको छ । आज बस्ने सञ्चालक समितिले मौद्रिक नीतिलाई अनुमोदन गर्ने बताइएकाे छ ।
बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीतिका साथ मौद्रिक नीति ल्याउन लागिएको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
मुलुकको वर्तमान आर्थिक, वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति आउने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्