Ads

सम्झनाको विस्फोटक ब्याटिङमा एसिया कपमा नेपालको विजयी सुरुवात


काठमाडौं । श्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको छ ।

युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । एसिया कपमा तेस्रो पटक सहभागी भएको नेपालले पहिलो जित निकालेको हो ।

नेपालका लागि सम्झना खड्काले उत्कृष्ट अर्धशतकीय पारी खेलिन् । सम्झना टी-२०आईमा अर्धशतक प्रहार गर्ने पाँचौँ नेपाली खेलाडी बनेकी छन् ।

यसअघि इन्दु बर्मा, सीता रानामगर, पूजा महतो र रुविना क्षेत्रीले अर्धशतक प्रहार गरेका थिए । ओपनर सम्झनाले ४५ बलमा ७२ रनमा अविजित रहिन् ।

रुविना क्षेत्रीले १०, सीता रानामगरले ७, कप्तान इन्दु बर्माले ६ र कविता कुँवरले २ रन बनाएर आउट भए । पूजा महतो ७ रनमा अविजित रहिन् ।

Ads

सम्बन्धित पोष्टहरू