Ads

पदीय लेनदेन मिलाउन उपसभामुखबारे अनर्गल प्रचार गरियो: रास्वपा


काठमाडौं । रास्वपाले उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखेको पत्रलाई अहिले अनर्गल प्रचारमा ल्याइनु क्षणिक पदीय हिसाब मिलाउने प्रयास भनेको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले ए विज्ञप्ति जारी गर्दै भनेका छन्, “संसद् सचिवाललगायत अन्य उच्च पदासिन व्यक्तिहरुलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचारमा ल्याइनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

यस्ता गलत प्रहारहरुबाट विचलित नभई रास्वपा सुशासन, सामाजिक न्याय र द्रूत आर्थिक विकासको मार्गमा नेपाललाई अगाडि बढाउने आफ्नो प्रतिवद्धतामा अडिग रहँदै समग्र शुभेच्छुक र पार्टी परिवारलाई काण्डै काण्डको चाङमाथि मध्यरातमा ठडिएको गठबन्धनका आगामी चालहरुप्रति सचेत रहन पनि आग्रह गर्दछौँ ।”

Ads

सम्बन्धित पोष्टहरू