काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ दललाई ‘स्टन्ट’ गर्ने गरेको आरोपमा जवाफ दिएका छन् ।
उनले पुराना दलहरूलाई पनि ‘स्टन्ट’ गर्न आग्रह गरे । ‘तपाईंहरूले भन्नुभएको ‘स्टन्ट’ स्टन्ट नभएर सुशासनको एजेन्डाबाट विषयान्तर गर्न खोजिएको हो । यसकाे पर्याय आँट, साहस, विधि र न्याय हाे । जति सक्नुहुन्छ, त्यति ‘स्टन्ट’ यहाँहरूले पनि गरेर देखाइदिनुभयो भने यहाँ व्यक्त भएका प्रतिबद्धतासँगै अघि बढ्न सक्छौँ,’ उनले भने ।
पूर्वगृहमन्त्रीसमेत रहेका उनले मन्त्रीमण्डलमा गएका सदस्यहरूलाई हेर्दा झस्काएको बताए । लामिछानेले २५ वटा काण्डमा छानबिन गर्ने निर्णय गरेको र त्यसलाई निरन्तरता दिन अपिल गरे ।
प्रतिक्रिया दिनुहोस्