Ads

ऊर्जा क्षेत्रलाई सरकारले मुख्य आयस्रोतका रुपमा अगाडि बढाएको छ : मन्त्री खड्का


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रलाई सरकारले मुख्य आयस्रोतका रुपमा अगाडि बढाएको बताएका छन् ।

निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ९इप्पान० नेपालसँग आज मन्त्रालयमा भएको भेटमा उनले ऊर्जा क्षेत्रलाई सरकारले मुख्य प्राथमिकता दिएको बताए । “इप्पानले राखेको माग निजी क्षेत्रको विकास र सरकारका लागि हो, यसलाई पूरा गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री खड्काले भने ।

ऊर्जामन्त्री खड्काले निजी क्षेत्रलाई साथमा लिएर सरकार अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले छिटोछरितो रुपमा विद्युत् उत्पादनमा लाग्न निजी क्षेत्रलाई आग्रह गरे ।

इप्पानका अध्यक्ष गणेश कार्कीले बाढीपहिरो भूकम्प, आर्थिक मन्दी, विष्पोटक पदार्थको अभाव, जग्गा प्राप्तिमा ढिलाइलगायत समस्याले आयोजना निर्माणमा ढिलाइ हुने गरेको भन्दै विद्युत् आयोजनाको म्याद थप गर्ने वातावरण मिलाउन आग्रह गरेका थिए ।

उनले सबै आयोजनाको पीपीए खुलाउनुपर्ने, १० मेगावाट क्षमताभन्दाका ठूला आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलाग्ने व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू