Ads

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज शपथ लिँदै


दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान उनलाई शपथ गराउने कार्यक्रम रहेको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम एमाले प्रदेशसभा संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

यसअघि  एमालेले समर्थन फिर्ता लिएपछि नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले आइतबार राजीनामा दिएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू