Ads

ओम्नी न गिरिबन्धु,हामी बेदाग विजयी भएर बाहिरियाैं: प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु सरकारबाट बेदाग निस्किएको उल्लेख गर्दै अबको समय भनेको पार्टी स्थापितमै केन्द्रित हुनु रहेको बताएका छन् ।

नेकपाका संस्थापक नर बहादुर कर्माचार्यको ११ औं स्मृति दिवसको अवसरमा सम्बोधन गर्दै उनले आम जनता र कार्यकर्तामा निराशा नभई विजयी भएर बेदाग निस्किएको बताएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको गठबन्धनले संविधान मिच्ने र परिवर्तन उल्ट्याउने प्रयास गर्ने आशंका व्यक्त गरे ।

“उपलब्धि उल्ट्याउने तयारी यो गठबन्धनले गरेको छ,” उनले भने, “अमूर्तरुपले त्यही भनेको पनि छ । विगतको घटनाक्रम पनि संविधान मिच्ने र परिवर्तन उल्ट्याउने नै छ । संघीयताबाट पछि हट्ने खतरा छ । जसको नेतृत्वमा गठबन्धन बनेको छ । संसद् विघटन गरेको इतिहास छ । उपलब्धिमाथि प्रहार गर्ने खतरा छ । त्यसैले हामी सचेत रहनैपर्छ ।”

उनले अब सरकार होइन, जनतामा जाने बताउँदै भने, “प्रतिगामी कदम चालिन्छन् भन्ने देखेका छौँ । सडक र संसद्बाट पनि हामीले प्रतिवाद गर्नेछौँ ।”

Ads

सम्बन्धित पोष्टहरू