काठमाडाैं । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दलको नेताबाट राजीनामा दिएका छन्।
मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ ग्रहण गरेलगत्तै बुधबार बिहान उनले राजीनामा दिएको एमाले सांसद भोजप्रसाद श्रेष्ठले जानकारी दिए।
उनका अनुसार गिरीले आफूले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन्।
मुख्यमन्त्री गिरी बन्ने चर्चा थियाे। तर, उनकाे नाम अन्तिम घडीमा काटिएपछि असन्तुष्ट बनेका हुन्।
आचार्यले मुख्यमन्त्रीमा दावी पेश गर्दा र शपथग्रहण गर्दा समेत गिरी अनुपस्थित रहे। पार्टीभित्रकाे आन्तरिक किचलाेका कारण गिरीलाई पाखा लगाइएको दावी छ।
तर, अघिल्लो पटक मुख्यमन्त्री बन्दा पहिलो कार्यकालमा गिरी र दाेस्राे कार्यक्रममा आचार्यलाई अघि बढाउने सहमति भएको बताइन्छ। त्यही सहमतिकाे आधारमा दल उपनेता रहेका आचार्यलाई मुख्यमन्त्रीमा अघि बढाइएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्