Ads

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बुधबार अपरान्ह पाँच बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए।

त्रिभुवन विमानस्थलमा बिहान भएको सौर्य एयरलाइन्सको दुर्घटनाबारे उद्धार र राहतबारे निर्णय लिन प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

बैठकमा ओलीले दुर्घटनाबारे जानकारी र छानबिन प्रक्रियाबारे पनि ब्रिफिङ गर्नेछन्। दुर्घटना लगत्तै प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे लगायत विमानस्थल पुगेका थिए।

विमानस्थलको निरिक्षणपछि प्रधानमन्त्री ओलीले तत्कालै नेपाल नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रबाट ब्रिफिङ लिएका थिए।

Ads

सम्बन्धित पोष्टहरू