Ads

किड्नी दान नपाएको भए अहिले मेरो १७ औं पुण्य तिथि हुन्थ्यो: प्रधानमन्त्री ओली


काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले दान गर्नु महान कार्य भएको बताएका छन्।

डा.अजयक्रान्ति शाक्यको नयाँ कृति ‘बुद्धका मौलिक दर्शन’को लोकार्पण एवं भिक्षु एवं गुरुमाहरुलाई प्रदान गरिने संघदान कार्यक्रममा बोल्दै उनले दान आवश्यक व्यक्तिलाई दिनुले असाधारण अर्थ राख्ने बताए।

आफूले दान पाएको किड्नी लिएर बाँचिरहेको भन्दै प्रधानमन्त्री ओलीले दान जीवनसँग सम्बन्धित रहेको बताए।

‘दान एउटा महान काम हो। जसलाई आवश्यक छ त्यसलाई दान दिनू । मलाई किड्नी फेल भयो किड्नी आवश्यक भयो। मलाई कसैले किड्नी दान दिए। दान लिएको किड्नी राखेर म हिँडिरहेको छु।’  उनले भने, ‘दान कति महत्वपूर्ण रहेछ भन्ने कुरा त यसले देखिन्छ। किड्नी दान नगरेको भए त म अहिले मेरो १७ औं पुण्य तिथि हुन्थ्यो। दान जीवनसँग सम्बन्धित छ।’

आवश्यक नभएकालाई दान दिनुको भने कुनै अर्थ नहुने प्रधानमन्त्री ओलीको भनाइ छ।

‘जसलाई जुन चिज आवश्यक छ, उसलाई त्यो चिजको आपूर्ति गरिदिनु दान हो। त्यसको असाधारण महत्व छ।’ ओलीले थपे, ‘नचाहिएको मान्छेलाई किड्नी दिनु के काम हुन्छ र त्यसको। मलाई आवश्यक थियो, मेरा लागि यसले असाधारण महत्व राख्छ।’

Ads

सम्बन्धित पोष्टहरू