काठमाडाैं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको भोलिपल्ट बिहीबार संसदको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पर्यटनमन्त्री र नागरिक उड्डयन प्राधिकरणका प्रमुखलाई बैठकमा बोलाई छलफल गरेको छ ।
छलफलका क्रममा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफू नैतिक जिम्मेवारी लिन तयार भएको बताएका छन् । उनले बैठकमा भने, ‘सबैको नैतिक जिम्मेवारी मेरो हो म लिन्छु ।’
तीन वर्ष सुतेका पाइलट र जहाज लिएर उडान सुरु गरेको पनि उनले बताए ।
बुधबार पोखराका लागि उडान भरेको केही सेकेन्डमै सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । जसमा १८ जनाको मृत्यु भएको थियो । क्याप्टेन मनीष शाक्य भने घाइते भई उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस्