Ads

अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठक: सभापति यादव र सांसद किराँतीबीच भनाभन


काठमाडौँ । अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा सभापति राजकिशोर यादव र सांसद सुदिन किराँतीबीच भनाभन भएको छ।

बिहीबारको समितिको बैठकमा सभापति यादवले सांसद किराँतीलाई बोल्न समय दिएका थिए। सांसद किराँतीले १२ मिनेट भन्दा बढी समय बोलिसकेपछि एमसीसीबारे धारणा राख्न थापछि सभापति यादवले प्राविधिक कुराहरुमा जान आग्रह गरे।

सभापतिको आग्रहपछि किराँतीले एजेण्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाए।

सभापति यादव र सांसद किराँतीबीच केहीबेर सवाल जवाफ नै भयो।

सुदन किराँतीः ….हुनतः सार्वभौम सत्ताको कुरा गर्दा हिजो एमसीसी पनि त्यसैअन्तर्गत गयो त हाम्रो देश । सडकमा रक्तपात भयो, राँके जुलुस भयो । देश आन्दोलित भयो । सार्वभौम सत्ता त्यति कमजोर छैन होला तर अहिले कसले हात हाल्ने कसले काम गर्ने परिस्थिति पनि त्यस्तै छ ।

सभापतिः मान्य ज्यु एक पटक समयको

सुदन किराँतीः के गर्नु एजेण्डा राखिरहाल्नु भयो, एजेण्डामा त बोलिसकौँ न ।

सभापतिः टेक्निकल कुरा राखौँ

सुदन किराँतीः टेक्निकल त म कसरी राखौँ, राजनीतिक मान्छे ।

सुदन किराँतीः राजनीतिक व्यक्ति म, टेक्निकल कुरा त, कुन चाहीँ जहाँज कति घण्टा उडाएर त्यसको रिसाइक्लिङ कहिले हुन्छ ? म सक्दिन नि त । विषयमा नीति केन्द्रित भन्नु न सभापति ज्यु । कसरी टेक्निकल्ली, टेक्निकल्ली भन्नुहुन्छ । म त जान्दिन टेक्निकल्ली । म त पाइलट पनि परिनँ ।

सभापतिः यहाँ टेक्निकल विषयमा वहस हुने हो ।

सुदन किराँतीः राजनीतिक मान्छेले के गर्छ त ?

सभापतिः ठिक छ, यहाँ विषयमा केन्द्रित हौँ न ।

सुदन किराँतीः केमा गर्दैछु त म ।

सभापतिः तपाईं राजनीति

सुदन किराँतीः सभापतिज्यु तपाईंले कसरी राख्नुभयो, राखेकै कुरामा म छलफल गरिरहेको छु ।

सभापतिः त्यही गरौँ न त । समय यहाँ कम छ ।

सुदन किराँतीः एजेण्डा किन राख्नुभएको त ?

सभापतिः कुरा राख्नु त भयो नि । विषयमा अलिकति केन्द्रित होउँ न ।

सुदन किराँतीः म विषय भन्दा कसरी बाहिर गएँ । तपाईंले पो बुझ्ने समस्या भयो त यो ।

सभापतिः मान्यज्यु तपाईं अलिकित हद पार गर्दै हुनुहुन्छ । तपाईंले यहाँ।।।।

सुदन किराँतीः तपाईं यहाँ दोहोर संपाद गरेर नष्ट गर्ने, धेरै एजेण्डा राख्ने ।

सभापतिः तपाईं यहाँ ।

सुदन किराँतीः एजेण्डामा हामी बोल्न नपाउने ? के हो यो ?

सभापतिः तपाईंलाई?

सुदन किराँतीः तपाईं हठी की म हठी ?

सभापतिः म कुरै ।

सुदन किराँतीः फेरेर कुरा गर्नुहुन्छ ।

सभापतिः तपाईं समयलाई ध्यान दिनु ।

सुदन किराँतीः सभापतिज्यु कोर्डिनेशन गर्नुस्।

सभापतिः होइन, समयलाई त ध्यान दिनु

सुदन किराँतीः तपाईंले नयाँ मन्त्री छ त किन यति ४÷४ वटा गर्नुभयो त ।

सभापतिः किन गरिँदैन ।

सुदन किराँतीः मलाई बोल्न दिँदा किन तपाईं रोक्नुहुन्छ ।

सभापतिः विषयमा राख्नुहोस् न ।

सुदन किराँतीः यत्रो पढ्नै थियो, अझै मैले छोट्याउन खोजेको ।

सभापतिः विषयमा राख्नुस् न ।

सुदन किराँतीः म त छोट्याउँदैछु, विषय केन्द्रित नभए के हो यो । अरु माननीयजतिले त मैले बोलेकै छैन त । ठिक छ मन्त्रीज्यु म बोलिनँ ।

सुदन किराँतीः तपाईंको पनि, टेप लाएर

सभापतिः मान्य हरि उप्रेतीलाई

हरि उप्रेतीः कारण कसले पहिल्याउने ? थोत्रा प्लेनको, पाइटको, को पाइलटको कारण की, गुगलको कारण । यो विषय पहिला छुट्याउन जरुरी छ जस्तो लाग्छ मलाई ।

सुदन किराँतीः सभापतिज्यु म लागेँ । तपाईंले आज धम्क्याउन बोलाउनुभएको रहेछ, धन्यवाद ।

हरि उप्रेतीः कसैले पनि धम्क्याएको छैन, बसौँ मान्यज्यु ।

सुदन किराँतीः म बस्दिन ।

हरि उप्रेतीः यति गम्भीर विषय छ, देशको स्थिति ।

सुदन किराँती झर्किंदैः गम्भीर विषयमा त कुरा राख्न पाउनुप¥यो नि ।

हरि उप्रेतीः राख्नुभयो त । त त्यत्रो

सुदन किराँतीः तपाईंले मलाई रुलिङ गर्ने की उहाँले गर्ने ? तपाईं फेरि रुलिङ गर्न थाल्ने ?

सांसदहरुः बसौँ न मान्य ज्यु ।

हरि उप्रेतीः राम्रो विषय राख्नुभएको छ भन्दै छु त ।

सुदन किराँतीः एजेण्डामा कुरा गर्न नदिने भए किन एजेण्डा राख्नुभयो ।

सुदन किराँतीः म त छोट्याउँदै थिएँ ।

सभापतिः यसलाई कन्टिन्यु गरौँ ।

सुदन किराँतीः अरुलाई बोल्न भारी दिने, मलाई टेक्निकल कुरा र्ग भन्ने ।
सभापतिः बसौँ बसौँ ।

सुदन किराँतीः म थोडी इन्जिनियर पढेको हो । म राजनीति गरेर आएको हो ।

सुदन किराँतीः तपाईं गर्नुस् टेक्निकल कुरा, छानबिन पनि तपाईं गर्नुस् ।

सुदन किराँतीः तपाईं दाइने झ¥यो की देब्रे झ¥यो हेर्नुस् । कस्तो बोल्नु दिनुहुन्न ।

सभापतिः हरि उप्रेतीज्यु बोल्नुस्।

Ads

सम्बन्धित पोष्टहरू