काठमाडाैं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।
विहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई बताए ।
त्यसैगरी सरकारले योजना आयोगका सदस्यमा पूर्वसचिव रमेशप्रसाद सिंहसहित पाँच जनालाई नियुक्त गरेको छ ।
यस्तै सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ ।
गड्तौला निजामती प्रशासनको नेतृत्व गर्ने पहिलो महिला भएकी छिन् । यसअघिका मुख्यसचिव डा बैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा लागेपछि गड्तौला निमित्त मुख्यसचिव थिइन् । गड्तौलाको कार्यकाल भने छोटो हुनेछ ।
मुख्यसचिव गड्तौलाले यही भदौ १५ गते अवकाश पाउँदै छिन् ।
प्रतिक्रिया दिनुहोस्