Ads

नयाँ पुस्ताले विगतको योगदान बिर्सन हुँदैन : महासचिव पोखरेल


काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक एवं समाज रूपान्तरणमा पुराना पुस्ताले पुर्‍याएको योगदानलाई नयाँ पुस्ताले बिर्सन नहुने बताएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा नेत्रप्रसाद गौतमद्वारा लिखित नेत्रका तीन खण्डकाव्य र भूतपिसाचका कथा सङ्ग्रह लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालको राजनीतिमा थुप्रै अग्रजको महत्त्वपूर्ण योगदान गरेको स्मरण गरे ।

“विगतका योगदानहरूको सम्झना र त्यसको सम्मान गर्ने कुरा आजको नयाँ पुस्ताका लागि कठिन भएको छ,” महासचिव पोखरेलले भने, “हाम्रा अग्रज अर्थात् पुराना पुस्ताले दुःखकष्ट गरेर आजको समाज निर्माण गरेको हो भन्ने कुराको अनुभूति गर्न सकिराखेको छैन ।”

उनले आजको नयाँ परिवेशबाट अझ अगाडि बढ्न खोज्दा नयाँ पुस्ताले नेपाल एक समय कस्तो थियो भन्ने कुराको परिकल्पना पनि गर्न नसकेको बताए ।

कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले देशमा केही पनि भएको छैन भन्ने भाष्य निर्माण गर्न एउटा पङ्क्ति लागेको बताए सोचे जति हुन नसकेको भए पनि देश धेरै अगाडि बढेको उनको धारणा छ ।
लेखक गौतमले आफूले जीवनमा देखे भोगेका कुरा पुस्तकका उतारेको उल्लेख गर्दै नयाँ पुस्ताका लागि पुस्तक पठनीय हुने विश्वास व्यक्त गरे ।

Ads

सम्बन्धित पोष्टहरू