काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका पूर्वमहामन्त्री मुकुल ढकालले पदाधिकारी हेरफरबारे पार्टी बैठकको निर्णयविरुद्ध निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
पदाधिकारी हेरफेर गर्ने बैठकलाई अवैधानिक भन्दै उनले त्यसले गरेका निर्णयहरू पनि गैरकानुनी भन्दै बदरको मागसहित निर्वाचन आयोगमा उनले निवेदन दिएका हुन् ।
२५ असारमा रास्वपा केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री, प्रवक्ता एवम् केन्द्रीय समिति सदस्यबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । ‘यद्यपि, मैले पदमुक्त बारेमा पार्टीबाट कुनै पनि पत्र हालसम्म प्राप्त गरेको छैन’, निर्वाचन आयोगमा दिएको निवेदनमा उनले भनेका छन्, ‘यससम्बन्धमा यदि त्यस प्रकारको निर्णय भएको रहेछ भने त्यो अवैधानिक रहेको र त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धीको ऐन, २०७३ को दफा ५१ बमोजिम तीन दिनभित्र अद्यावधिक गर्नका लािग त्यस आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अध्यावधिक नगर्नका लागि यो पत्र माननीयज्यूसामु पेस गरेको छु ।’
प्रतिक्रिया दिनुहोस्