काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सबै मन्त्री, सचिव तथा राष्ट्रिय योजना आयोगका पदाधिकारीको ‘ब्रिफिङ’ सिंहदरबारमा शुरू भएको छ ।
आइतवार अपरान्हपछि शुरू भएको बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै सचिव सहभागी छन् ।
‘ब्रिफिङ’ सुनेपछि प्रधानमन्त्री ओलीले सबै मन्त्रालयका मन्त्री एवं सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सदस्यहरूलाई निर्देशन दिँदै छन् ।
प्रधानमन्त्री ओलीले सरकार गठन भएपछि पहिलोपटक उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूलाई निर्देशन दिन लागेको सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा सबै मन्त्रालयका सचिवहरूले आ–आफ्नो मन्त्रालयको वस्तुस्थिति एवं कामकाजका बारेमा जानकारी गराउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्