Ads

२०८१ साउन १४ गते सोमबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)समयमा होस नपुग्नाले केहि चुनौती झेल्नुपर्ला । होसियारी साथ काम लिने प्रयत्न गर्नुहोला । समस्या प्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्याउनु पर्ने हुन सक्छ । आलोचकहरूले पनि सताउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । साथै, सहयोग गर्नेहरू पनि कमै भेटिनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । साझेदारी काममा राम्रो फाइदा हुनेछ । आय आर्जनका स्रोत बढ्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्ने समय छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । अवसर प्राप्त हुनुका साथै व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ । व्यवसायमा सोचेको फाइदा नहुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)व्यापारमा फाइदा हुनेछ । आँटले प्रतिस्पर्धीलाई पनि हराउन सकिनेछ । तर, साँझदेखि परिस्थिति अलि प्रतिकूल बन्ने देखिन्छ । आँटले अवसर दिलाउनेछ भने अवसरले उत्साह जगाउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)मेहनतले आम्दानी बढाउन सकिनेछ । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । आजको कामबाट मनग्य धन लाभ हुन सक्छ । साँझदेखि सहयोगीहरूले उत्साह जगाउनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ । तार्किक क्षमता बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । सावधानीले सामान्य फाइदा उठाउन सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)कुरा लगाउनेहरूले समस्या निम्त्याएपनि मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । काममा केहि चुनौती देखा पर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाई टाढिन सक्छन् । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)बेसुरमा बचन दिने बानीले दुस्ख पाइनेछ । काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला । व्यवसायमा समस्या देखा पर्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । व्यापारमा प्रशस्त फाइदा हुने छ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला ।

Ads

सम्बन्धित पोष्टहरू