Ads

शंकरदास बैरागीले दिए सुरक्षा सल्लाहकारबाट राजीनामा


काठमाडाैं । शंकरदास बैरागीले राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा दिएका छन् ।

पूर्वमुख्यसचिव बैरागीले गत आइतबार नै पदबाट राजीनामा दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ ।

भारतको राजदूत बन्न प्रयास गरिरहेका बैरागीले राजदूत बन्नकै लागि राजीनामा दिएको निकटस्थहरू बताउँछन् । तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गर्दा उनको नाम परेन ।

Ads

सम्बन्धित पोष्टहरू