Ads

राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख नियुक्त


काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन्।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरेको शीतलनिवासले जनाएको छ।

बाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशी नियुक्त भएका छन्।

Ads

सम्बन्धित पोष्टहरू