काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको हो ।
एमाले सचिवालयको बैठक हनुमानस्थानमा रहेको होटल बसेरामा बस्नेछ । च्यासलमा रहेको पार्टी कार्यालको भूइँ तलामा बाढी पसेपछि बैठक पार्टी कार्यालय बाहिर हुन लागेको हो ।
सचिवालय बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आन्तरिक रणनीति र नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुने बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्