Ads

सिंहदरबारमा संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक


काठमाडाैं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक बसिरहेको छ ।

बैठक सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा जारी छ ।

बाँकी विषयमा सहमति खोजेर शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ ।

कार्यदलमा कांग्रेसबाट गृहमन्त्री लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक लामो समयदेखि प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन छ ।

Ads

सम्बन्धित पोष्टहरू