काठमाडाैं । सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका दुई जना सदस्यलाई हटाएको छ ।
ऊर्जामन्त्री दीपक खड्काले भक्तबहादुर पुन र कपिल आचार्यलाई सदस्यबाट हटाएका हुन् ।
समिति सदस्यबाट हटाइएका यी दुई जना सदस्य डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीले बक्यौता तिनुपर्ने पक्षमा थिए । तर, ओली सरकार भने अहिले उद्योगीको पक्षमा देखिएको छ ।
आर्चाय र पुनले उद्योगीले बक्यौता महसुल तिनुपर्ने अडान लिएपछि उनीहरूलाई १५ साउनमा लिखित स्पष्टीकरण सोधिएको थियो । त्यसपछि दुवै सदस्यले स्पष्टीकरण बुझाएका थिए । तर, मन्त्री खड्काले उनीहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरूलाई सदस्यबाट हटाउने निर्णय लिएका हुन् ।
यही बक्यौताका कारण अहिले प्रधानमन्त्री केपी शर्मा ओली र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच निकै दुरी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्