Ads

परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट


काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज मन्त्रालयमा शिष्टाचार भेट गरे ।

त्यस अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू