काठमाडाैं । बंगलादेशका सेना प्रमुख जनरल वकारले एक सार्वजनिक सम्बोधन गरेका छन् ।
सेना प्रमुख जनरल उज जमानले देशमा अन्तरिम सरकार बनाउने घोषणा गरेका हुन् । उनले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
हसिना भागेर भारत पुगेको बताइएको छ । केही बेरअघि प्रधानमन्त्री निवासमा हजारौंको संख्यामा प्रदर्शनकारी छिरेका छन् ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएर हसिना भागेपछि प्रदर्शनकारीहरू खुसी मनाइरहेका छन् । उनीहरूले यसलाई ऐतिहासिक जित भनेका छन् । बंगलादेश स्वतन्त्रतापछिकै खुसीको दिन भएको भन्दै नारा लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्