Ads

वर्षाले हवाई उडान प्रभावित: राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान/अवतरणमा समस्या


काठमाडाैं । प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान र अवतरणमा समस्या भएको छ ।

झरीका कारण मंगलबार बिहान केही उडान प्रभावित भएका हुन् । विमानस्थल कार्यालयका अनुसार खराब मौसमका कारण केही आन्तरिक उडान ढिलाइ भएका छन् । विमानस्थलबाट मंगलबार बिहानका लागि तय भएका लुक्ला, सुर्खेत, र भरतपुरका उडानहरू ढिलाइ भएका हुन् ।

लुक्लाका दुईटा उडान स्थगित गरिएको छ । अवतरण भने नियमित छ । अन्तर्राष्ट्रिय उडान र अवतरणमा पनि समस्या भइरहेको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान भारतको लखनऊ डाइभर्ट भएको छ। यस्तै, दुबईबाट आएको फ्लाई दुबईको विमान आकाशमै होल्ड छ ।

यसैगरी हिमालय एयरलाइन् र एयर इन्डियकामा विमान पनि आकाशमै होल्ड भएका छन् । फ्लाई दुबईको, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्को उडान पनि डिले भएको छ ।

कुवैत एयरलाइन्स र एयर अरेबियाको विमान भने अवतरण भएको कार्यालयले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशभर पानी परिरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा रातभर झरी परेको छ।

गएराति १० बजेदेखि पर्न थालेको पानी बिहानसम्म निरन्तर परिरहेको छ। भोलिसम्म निरन्तर झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू