काठमाडाैं । बंगलादेशको विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले अन्तरिम सरकारको मुख्य सल्लाहकारमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्राध्यापक मोहम्मद युनुसको नाम प्रस्ताव गरेका छन् । उनले राष्ट्रपतिलाई जतिसक्दो चाँडो युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन आग्रह गरेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देशमार्फत उनले उक्त प्रस्ताव गरेका हुन् । उक्त समयमा उनका साथ कोअर्डिनेटर आसिफ महमूद र अबू बक्र मजुमदार पनि उपस्थित थिए ।
यसैबीच विद्यार्थीहरूले अन्तरिम सरकारको प्रमुख सल्लाहकार नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्रोफेसर मुहम्मद युनुसलाई बनाउन प्रस्ताव गरेका छन् । विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले यस्तो प्रस्ताव गरेका हुन् ।
उनले यथाशक्य चाँडो युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न आग्रह गरेका छन् । इस्लामले यस्तो प्रस्ताव गर्दा आन्दोलनको नेतृत्वकर्ताहरू आसिफ मोहम्मद तथा अबु बक्र मजुमदार पनि उनीसँगै थिए । इस्लामले यसबारेमा युनुससँग आफ्नो कुरा भइसकेको पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्