Ads

बारामा ९८ प्रतिशत रोपाइँ


बारा । बाराका अधिकांश भागमा रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार ९८ प्रतिशत रोपाइँ समाप्त भएको छ ।

यस वर्ष ४६ हजार २० हेक्टर क्षेत्रफलमा बर्खे, भदैया, अगहनी धान रोपाइँ भएको  केन्द्रका प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिए । जिल्लाका किसानले ४५ हजार ९९ दशमलव छ हेक्टरमा रोपाइँ सम्पन्न गरेका छन् ।

हर्दिनाथ–१, चैते–२, चैते–४, राधा–४ जातका भदैया, सवा मन्सुली, राधा–११, ९, ७ जातका अगहनी धान, ३४ हजार एक सय २० हेक्टर क्षेत्रफलमा रोपिएको छ । कृषियोग्य ४६ हजार २० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य छ । गत वर्ष २०८०/८१ मा किसानले बर्खेधान, भदैया र अगहनीसहित विभिन्न जातका ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती भएको थियो

Ads

सम्बन्धित पोष्टहरू