Ads

कार्यदलले शीर्ष नेतालाई बुझायो टीआरसी विधेयकबारेको प्रतिवेदन


काठमाडौं ।क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउन गठित कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।

बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रतिवेदन बुझाइएको हो । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलमा गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौला र माओवादीका उपमहासचिव जनार्दन शर्मा रहेका थिए ।

विधेयकमा छलफल गर्न बाँकी रहेको विषयमा छलफल गरी टुंग्याइएको संयोजक समेत रहेका लेखकले जानकारी दिए । उनले ६ वटा बैठकमा औपचारिक छलफल गरिएको बताए ।

संसद्को समितिमा विचाराधीन विधेयकमा छलफल गर्न बाँकी रहेको चार विषयमा सहमति खोजिएको उनले जानकारी दिए । संक्रमणकालीन न्यायका विषयमा उनले ब्रेक थ्रु भएको पनि बताए । शान्ति प्रक्रियालाई टुंग्याउन सकिने चरणमा पुगिएको उनको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू