मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढा हुन सक्ने दिन छ, सावधानीका साथ व्यजहार गर्नुहोला । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रमाइलो जमघटले आनन्द दिलाउने समय छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ, तर विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । आँटेका काममा बाधा दिन खोज्नेसँग आफ्नै बल–विवेकले विजय हासिल गर्ने प्रयत्न गर्नु हितकर हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन आश मारेको कामले उत्साह जगाउनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । भइपरिी आउने समस्या सुल्झाउन सकिएला । स्वास्थ्य भने अलिक कमजोर महसूस हुन सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् तर जित तपाईंकै हुनेछ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आयबल बढ्नेछ भने नयाँ कामको प्रस्ताव आउने समय छ । कमी-कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । धन आर्जन हुने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अरूको भरपर्दा धोका मिल्ने समय रहेकोले काममा आफ्नै पहलकदमी बढाउनु हितकर हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् भने दिगो फाइदा हुने काममा लगानी गर्ने मौका मिल्ने सम्भावना छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): जोखिम बढ्नेछ तर दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने समय छ । विभिन्न सहयोग तथा उपहार प्राप्त होला । आयआर्जन पनि राम्रै हुनेछ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन वादविवादमा परिने योग भएकाले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । विचारलाई तौलेर मात्र व्यक्त हितकर हुनेछ । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । अर्थअभावको अनुभूति होला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ ।
प्रतिक्रिया दिनुहोस्