Ads

प्राधिकरणले पठाएका अनावश्यक कागजात फिर्ता गर्दै लेखा समिति


काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणले पठाएका अधिकांश कागज फिर्ता गर्ने भएको छ ।

प्राधिकरणले टाइम अफ डे (टीओडी) डाटा, मनोज मिश्र समितिको प्रतिवेदन र सञ्चालक समितिको निर्णय कार्यान्वयनको अवस्थाको प्रतिवेदन मात्रै मागेकोमा प्राधिकरणले अनावश्यक कागजात पठाएको भन्दै समितिले फिर्ता गर्न लागेको हो ।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश दाहालले प्राधिकरणले पठाएको प्रतिवेदन समितिमा अध्ययन गर्न लगाएको र अनावश्यक कागजात फिर्ता गर्ने बताए ।

“हामीले टीओडी डाटा, मनोज मिश्रको प्रतिवेदन र सञ्चालक समितिको कार्यान्वनको अवस्थाको प्रतिवेदन माग गरेका हौँ,” उनले भने, “समिति सबै कागजात राख्नका लागि प्राधिकरणको ढड्डा राख्ने ठाउँ होइन ।”

यसअघि समितिको बैठकले सबै उद्योगीको प्रोफाइलसहितको टीओडी डाटा मागेपछि प्राधिकरणले टीओडी डाटा एक पोका, लोड प्रोफाइलसहितको टीओडी डाटा तीन पोका, लगसिट २४ पोका, मनोज मिश्र र भक्तबहादुर पुनको प्रतिवेदन, अदालतको फैसला एक पोका र २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल सम्बन्धी बिल पठाएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू