मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही चुनौतीयुक्त छ, बेकारको विवादमा फँस्न सकिने सम्भावना भएकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । ब्यापारमा फाइदै होला तर पेशागत रुपमा समस्या देखिन सक्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अरुबाट प्रशंसा मिल्ने र मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ भने व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ ।नाता कुटुम्बका काममा सघाउनुपर्ने योग छ । मनमा दुबिधा रहन पनि सक्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने दिन छ । कतैबाट खुसीको खबर प्राप्त हुनेछ । चल–अचल सम्पत्तिको कारोबार हुनसक्छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । मित्रजनको सहयोग मिल्ने र अल्झेका कामहरू अरुको सहयोगमा बन्ने योग छ । अप्रत्याशित लाभ हुन सक्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन खास उत्साहजनक नरहला । पीडा दिनेहरू सक्रिय रहलान् । सवल स्वास्थ्यका लागि खानामा विशेष ध्यान दिनुहुोला । धननाश हुन सक्छ । व्यर्थको खर्च हुन सक्छ, खर्च घटाउने प्रयास गर्नुहोला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुने समय छ । नयाँ कामको थालनी होला । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ भने मुद्दा-मामिला वा प्रतिष्पर्धामा विजयी भइनेछ । धनलाभको योग छ, पढाइमा प्रगति होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कर्मबल बढ्नेछ । सोचेभन्दा बढी नै लाभ होला । व्यवहारिक कार्यमा मन लाग्नेछ । आफन्तमिलनले सुख देला । आयआर्जनमा राम्रो दिन छ । धन आर्जनको योग छ । पाहुनाको आगमनले मन हर्षित रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । वैदेशिक क्षेत्रबाट लाभ मिल्ला । कामहरू सजिलैसँग बन्ने योग छ । ब्यापारबाट सामान्य नाफा होला । भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्न सक्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): घरेलु समस्याले सताउन सक्छ । मित्र बनेर धोकादिनेहरू फेला पर्लान् । ब्यर्थको कार्यमा अर्थहानी हुन सक्छ । स्वास्थ्य पनि खासै सवल नरहला । अरूको भर पर्दा काममा धोका हुन सक्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । काममा कठिनाइ सहनुपर्ला । तथापि, नसोचेको धनलाभ हुनसक्ने योग छ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । रुपैयापैसाको लेनदेन कार्य आज कसैसँग नगरेकै उत्तम हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आर्थिक पक्ष आज सन्तोषजनक रहला । काम बन्नाले सुखको अनुभव हुनेछ । पठनपाठनमा मन जानेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन राम्रो छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ । आज कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुन्छ । व्यापारमा पाउने सफलता यथावत रहने छ । विशेष साथीभाइसँग भेटघाट हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्