काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार बस्ने भएकाे छ।
बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक आज दिउँसाे १ बजे बस्नेछ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेकाे संघीय संसद सचिवालयले जनाएकाे छ।
पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची छ।
यसैगरी, बैठकमा कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ सदनमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्