Ads

हरि ढकाललाई सभामुखले बीचैमा रोकेपछि…


काठमाडाैं । प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा रास्वपा सांसद हरि ढकाललाई बोल्न सभामुख देवराज घिमिरेले समय दिए ।

सांसद ढकालले दाउन्नेमा सडक भासिएको विषय उठान गरे । भ्रष्टाचारको प्रकोपले सडक र पुल भत्किएको उनले बताए ।

‘प्राकृतिक भ्रष्टाचारको प्रकोपले पुल र सडक भत्किएको छ । लगतकट्टा भएका घर पनि जस्ताको तस्तै छन्,’ सांसद ढकालले भने । भ्रष्टाचारसम्बन्धी मुद्दा आधा रातमा पनि आकस्मिक हुन्छ भन्दै ढकालले डेडिकेटेक ट्रंक लाइनको विषयमा प्रवेश गराए । उनले विद्युत्‌को विषयमा प्रवेश गरेपछि सभामुख देवराज घिमिरेले आकस्मिक समयको कुरा नभएको भन्दै रोक्न खोजे ।

यातायातको विषय आकस्मिक समयमा राखेको भन्दै सभामुखले सांसद ढकालको माइक काटे । तर, सांसद ढकालसहित रास्वपाका अरु सांसद पनि उठे । सभामुख र सांसदबीच सवाल-जवाफ चल्यो । त्यसपछि सभामुख घिमिरेले रास्वपाका सभापति रवि लामिछानेलाई बोल्न दुई मिनेटको समय दिए । सांसद लामिछानेले विद्युत् महसुल भन्ने बित्तिकै लाइन काटिनु आपत्तिको विषय रहेको र आफूलाई दिएको समय सांसद ढकाललाई दिन आग्रह गरे ।

त्यतिबेला सांसद ढकाल उभिरहेका थिए । त्यसपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिए । उनले पनि सांसदले बोल्ने विषयमा यसपटकबाट बिग्रिएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू