Ads

धर्मशाला तथा मन्दिर मर्मतका लागि झुला महोत्सव र महाआरती


दाङ । यहाँको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित लक्ष्मीनारायण मन्दिर मर्मत, धर्मशाला तथा गौशाला निर्माण गर्ने उद्देश्यले झुला महोत्सव तथा शृङ्गारिक महाआरती आयोजना गरिएको छ ।

उक्त महोत्सव र महाआरती मार्फत् मन्दिर मर्मत र धर्मशाला निर्माणका लागि दान गर्ने दाताको सङ्ख्या उल्लेख्यरूपमा देखिएका छन् । महोत्सवमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले रु १० लाख सहयोग गर्ने घोषणा गरे । उनले सांसद विकास कोषबाट सो रकम सहयोग गर्ने घोषणा गरेका छन् ।मङ्गलबार तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले रु एक लाख ११ हजार दान गरे ।

राष्ट्रिय समाचार समितिका दाङ समाचारदाता नारायणी रजौरेले स्वर्गीय पिता उमाकान्त रजौरे, माता गीतादेवी रजौरे, स्वर्गीय श्रीमान् हरिप्रसाद अधिकारी, भाइ स्वर्गीय चन्द्रमणि रजौरेको स्मृतिमा रु एकलाख पाँच हजार दान गरेका छन् । तुलसीपुरका उद्योगपति उत्तम कुमार श्रेष्ठले स्वर्गीय माता पिताको स्मृितमा रु एक लाख ११ हजार दान गरे ।

तुलसीपुरका व्यापारी गोकर्ण गिरीले एक लाख बढी रकम दान गर्नुभएको छ । तुलसीपुर उपमहानरपालिका– ६ का वडाध्यक्ष दुजमान भण्डारीले मन्दिरका लागि एक थान कुलर उपलब्ध गराउनुभएको छ । भmुला महोत्सव तथा महाआरतीको पाँचौँ दिन आज पनि भक्तजनको सङ्ख्या बढिरहेको छ ।

सो महोत्सवमा भक्तजनले सहयोग गरेको नगद तथा जिन्सीका विवरण महोत्सव सम्पन्न भएको तीन दिनपछि सार्वजनिक गरिने मन्दिर व्यवस्थापन समितिका संयोजक तथा मठाधीश स्वामी केशवा आचार्य ९सूर्यपाकी०ले जानकारी दिए ।
झुला महोत्सव तथा शृङ्गारिक महाआरती आगामी भदौ २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू