Ads

सिन्धुलीमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु, १२ घाइते


सिन्धुली । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका २ चियाबारीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । गोलन्जोर गाउँपालिकाबाट तरकारीसहित यात्रु लिएर आएको बा २० च ८२८३ नम्बरको बोलेरो जिप आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका ६ नाकाजोलीका ४२ वर्षका पृथ्वी भुजेल र सोही ठाउँका ४५ वर्षका उदय लुङ्गेली मगर रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ । घाइतेहरूलाई उद्धार गरी उपचारको लागि सिन्धुली अस्पताल लगिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू