Ads

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, हिमताल फुटेकाे आशंका


काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ ।

खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँमा शुक्रबार दिउँसो एक्कासि बाढी आएको हो ।

दूधकोशीमा आएको बाढीले गाउँ नराम्ररी प्रभावित भएको गाउँपालिकाले जनाएको छ । क्षतिको यकिन विवरण भने आइसकेको छैन ।

बाढी आएको ठाउँमा ठूलो पानी भने परेको थिएन । माथिल्लो भेगमा रहेको हिमताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ ।

दुधकाेशीको तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । यस्तै, थुलुङ दुधकोशी गाउँपालिकाले पनि थामे गाउँमा ठूलो बाढी आएकोले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू