Ads

२०८१ भदौ १ गते शनिवार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आफन्तसँग सहकार्यको अवसर मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बन्न लागेको काम बिग्रन सक्छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । साताको उत्तरार्धमा मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त सँग भेट घाट हुनेछ । राजनैतिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । कुनै कुराले मन खिन्न हुने स्थिति आउनेछ । साताको मध्यबाट न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा मधुरता छाउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यले विभिन्न अवसर जुराउनेछ । अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कामको थालनी या योजना बन्ला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अचल सम्पत्ति हात पर्नेछ । नयाँ कार्य प्राप्तिको योग रहेको छ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लाभहानी, सुख दुःख बराबरी मध्यम खालको दिन छ । नजिकका व्यक्तिबाट विश्वासघात होला । यात्रामा माल सामान हराउन सक्छ । मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विपरित वर्गसँग भेटघाट, साथ र सहयोग मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । माया मारिसकेको या नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू