Ads

पूर्वराष्ट्रपति भण्डारीद्वारा रक्षाबन्धन ग्रहण


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन ग्रहण गरेका छन् ।

उनले वेद विद्याश्रम वनकालीका गुरु शालिकराम ढकालसहित बटुकहरूबाट रक्षाबन्धन ग्रहण गरेका हुन् । त्यस अवसरमा बटुकहरूले स्वस्ति वाचन गरेका थिए ।

जनैपूर्णिमा (रक्षाबन्धन) का दिन गुरु पुरोहित, आफन्तजन एवं इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्ने परम्परा रहिआएको छ ।

Ads

सम्बन्धित पोष्टहरू