Ads

काजकिस्तानकी कालिनोभाले मधेश युनाइटेडबाट खेल्ने


काठमाडाैं । इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिगको मधेश युनाइटेड टिममा काजकिस्तानकी कालिनोभा यभजिनिया अनुबन्ध भएकी छिन् । उनी स्पाइकर पोजिसनमा खेल्छिन् ।

३५ वर्षीया कालिनोभाले काजकिस्तानको राष्ट्रिय टिमका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ । उनको उचाई १८० सेन्टिमिटर छ ।

कालिनोभाले मधेश युनाइटेडसँग अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै मधेश युनाइटेडबाट खेल्न उत्साहित रहेको बताएकी छिन् ।

मधेश युनाइटेडको मार्की प्लेअरमा नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना छिन् । यस्तै नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय टिमकी संगम महतो र शान्तिकला तामाङ तथा यू २० टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री छन् ।

यस्तै हिरा केसी, पुजा थारु र जसना महतो पनि मधेश युनाइटेडको टिममा छन् ।

पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा ६ टोलीले सहभागिता जनाउनेछन् ।

Ads

सम्बन्धित पोष्टहरू