Ads

हामी झण्डा हल्लाउन मात्र सरकारमा आएका होइनौँ, केही गर्न आएको होः प्रधानमन्त्री ओली


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना-साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरू स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् ।

स्टार्टअप नेसन २०३० कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेशिने नभइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए । आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरू हासिल र्न युवा उधमशीलतालाई व्यापक बनाउनुपर्ने उनको भनाइ छ ।

यस्ता उधमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने उले बताए । ‘हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उधमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न,’ ओलीले भने, ‘यसलाई अभियानका रूपमा लानुपर्छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन ।’

केही ठग तत्त्वहरू सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने उनको भनाइ छ ।

आफूहरू झण्डा हल्लाउनका लागि मात्र नभएर केही गर्नका लागि सरकारमा आएको उनको दाबी छ । ‘हामी सरकारमा झण्डा हल्लाउन आएका होइनौँ । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो,’ उनले भने ।

Ads

सम्बन्धित पोष्टहरू