मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही चुनौतीयुक्त रहनेछ । इर्ष्या गर्नेहरूले सताउन सक्छन् भने आम्दानी बिगार्नेहरू सक्रिय रहनेछन् । तपाईंको परिश्रमको उचित मूल्य नमिल्न सक्छ । तथापि, भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिने दिन छ । आयआर्जन राम्रै होला, तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सचेत रहनुहोला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी बनिएला । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भाग्योन्नतिको समय । ब्यवसायमा प्रशस्तै लाभ हुनुका साथै धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । तर, अरूको मात्र भर पर्दा धोका हुन सक्नेछ, सचेत रहनुहोला । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नुपर्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । आजको दिन अरूको सुझावमा भर नपर्नु हितकर होला । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रतिस्पर्धामा केही कमजोर भइने समय छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढ्नेछ । प्रयत्न गर्दा रोकिएका घरेलु काममा सफलता मिल्ने समय छ । तपाईंका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । कतै अतिथिका रूपमा सत्कार पाइने योग छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने समय छ, सावधान रहनुहोला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । व्यापार–व्यवसायमा लाभ हुनेछ भने व्यावसाय विस्तारका लागि यात्रा हुन सक्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्य सामान्य कमजोर रहनाले जाँगरमा कमी आउला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नयाँ काममा हात हाल्ने समय आएको छ । सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने देखिएपनि कीर्तिमानी काम सम्पादन होला । अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ भने लगनशीलताले राम्रै उपलब्धि दिलाउला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन मिश्रित फलदायी रहला । आफन्तबाट टाढिनुपर्ने समय छ भने सेवामूलक कामबाट धनलाभ हुने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने योग छ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्