काठमाडाैं । सहकारीको रकम अपचलन भएको सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने भएको छ ।
सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नता रहेको भन्दै संसदमा माग उठेपछि छानबिनका लागि गठित समितिले उनलाई आज बयानका लागि बोलाएको हो । तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सरकारी निकायले नै गर्ने अनुसन्धान प्रभावकारी नहुने भन्दै तत्कालीन प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठनको माग गरेको थियो । जसअनुसार सूर्य थापाको नेतृत्वमा समिति गठन भएको हो ।
समितिले लामिछानेलाई आज दिउँसो २ बजे बयानका लागि बोलाएको छ । लामिछानेमाथि गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप छ ।
समितिले आजै बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग पनि बयान लिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्