काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा गएकाे सुख्खा पहिराे पन्छाइएकाे छ । यहाँ दुईतर्फी नै सवारी सुचारु भएकाे प्रहरीले जनाएकाे छ ।
उता हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा गएकाे पहिरो पन्छाउने काम जारी रहेकाे र यहाँ एकतर्फी सडक सुचारु भएकाे बताइएकाे छ । अवरुद्ध अरनिको र हेलम्बु राजमार्ग विस्तारै सुचारु हुने पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।
आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका थिए । सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको थियाे । हेलम्बु राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड यसअघि पनि पटकपटक अवरुद्ध हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्