सङ्खुवासभा । नवजात शिशुको सङ्खुवासभा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ ।
खाँदबारी नगरपालिका–९ ढुङ्गेबिसौनाकी २२ वर्षीया सम्झना राईले शल्यक्रियाबाट जन्माएको शिशुले राम्रोसँग श्वास फेर्न नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको उपचारमा संलग्न डा प्रदीप श्रीवालले बताए। उनका अनुसार आमाको स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस्