काठमाडाैं । हरितालिका तीज पर्व आज (शुक्रबार) मनाइँदैछ । हिन्दू नेपाली नारीहरूले महादेवको पूजाआराधना गरी तीज मनाउँदैछन् ।
आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौंथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन गरिन्छ ।
महिलाहरूले तीज मनाइरहँदा आज काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । व्रतालु महिलाहरूले झरीको पर्वाह नगरी तीज मनाइरहेका छन् । पशुपतिनाथ मन्दिर परिसरमा छाता ओढ्दै पूजा गर्नेहरूको घुइँचो लागेको छ । उनीहरू नाचगान पनि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्